नेपालका वाम पार्टीहरूलाई जनताले निर्वाचनबाट बढारेर फ्याँकिदिए : हस्तबहादुर केसी



काठमाडौँ । वाम विश्लेषक हस्तबहादुर केसीले हालै सम्पन्न निर्वाचनले नेपालका परम्परागत वाम दलहरूलाई जनताले अस्वीकार गरेको टिप्पणी गरेका छन् ।

उनले निर्वाचन परिणामले वाम शक्तिहरूप्रति जनविश्वास घट्दै गएको स्पष्ट देखाएको बताए । केसीका अनुसार लामो समयसम्म सत्ता र राजनीतिक नेतृत्वमा रहे पनि जनताको अपेक्षा पूरा गर्न नसक्दा वाम दलहरू कमजोर बनेका हुन् ।

उनले वाम दलहरूभित्रको गुटबन्दी, नेतृत्वको अहंकार र नीतिगत स्पष्टताको अभावका कारण जनताले विकल्प खोज्न थालेको पनि उल्लेख गरे । उनका अनुसार यदि वाम शक्तिहरूले आत्मसमालोचना गर्दै संगठन र नीति सुधार नगरे आगामी दिनमा उनीहरूको अवस्था झन् कमजोर हुन सक्नेछ ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार