रास्वपामा बार्गेनिङ गर्दै कुलमान, बालेन र रविको थाप्लोमा पहिचानवादी मुद्दा



पार्टी एकताको सहमति भएको एक साता नबित्दै कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच असन्तुष्टि बढेको छ। उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायसहितको टोली निर्वाचन आयोग पुग्नुले एकता प्रक्रियामा समस्या देखिएको संकेत गरेको छ।

समानुपातिक बन्दसूचीमा उज्यालो पक्षबाट सहमतिभन्दा कम नाम समावेश गरिएको, केन्द्रीय समिति र प्रत्यक्ष निर्वाचनमा पर्याप्त स्थान नदिएको भन्दै कुलमान पक्ष असन्तुष्ट बनेको छ। साथै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र पहिचानका मुद्दामा वैचारिक मतभेद पनि देखिएको छ।

सहमति कायम नभए कुलमान घिसिङ रास्वपाबाट अलग भएर अन्य दलसँग सहकार्य वा आफ्नै चुनाव चिह्नबाट प्रत्यक्ष उम्मेदवारी दिने विकल्पबारे छलफल गरिरहेका छन्। यही विषयमा बुझ्न उज्यालोको टोली निर्वाचन आयोग पुगेको जनाइएको छ।

प्रकाशित मिति : २०८२ पुष १९ गते शनिवार