ईश्वर पोखरेलको चेतावनी: पार्टीमा सम्मानजनक व्यवहार नभए परिणाम अप्रिय हुनसक्छ



काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र सम्मानजनक व्यवहार नभए अप्रिय परिणाम आउन सक्ने चेतावनी दिएका छन्। ११औँ महाधिवेशनपछि देखिएको असन्तुष्टिप्रति संकेत गर्दै उनले निर्णयको पालना आत्मसमर्पण होइन, आत्मसम्मानका साथ हुनुपर्ने बताएका छन्।

महाधिवेशनमा अध्यक्षमा पराजित पोखरेलले काखा–पाखा व्यवहार भए असन्तुष्टि स्वाभाविक हुने उल्लेख गरे। नेतृत्व चयनमा सर्वसम्मति नबन्नुमा नेतृत्वको ठोस पहल नहुनु पनि कारण रहेको उनको भनाइ छ। पार्टी एकता मजबुत बनाउन विधि–प्रक्रियाको पालना, विभाजनको विरोध र कार्यकर्ताको स्वाभिमान संरक्षण आवश्यक रहेको उनले जोड दिएका छन्।

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार