काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवाले उठाएका माग र मुद्दा जायज रहेको भन्दै आफूहरू पनि त्यही मुद्दामा काम गर्दै आएको बताएका छन्।
शनिबार पेरिसडाँडामा आयोजित ‘जेनजीसँग नेकपा’ कार्यक्रममा प्रचण्डले जेनजी पुस्तालाई पार्टी प्रवेश गराउँदै राष्ट्रिय एकता र समृद्धिका लागि युवा पुस्ताको सक्रियता अपरिहार्य भएको बताए।
उनका अनुसार देशमा देखिएका समस्याहरू समाधानका लागि सरकार र सडकबाट प्रयास हुँदा पनि सुनुवाइ नभएपछि युवाले उठाएको आवाजले ठूलो प्रभाव पारेको छ। जेनजी र नेकपाका मुद्दा मिल्ने भएकाले संयुक्त रूपमा अघि बढ्न सकिने प्रचण्डको भनाइ छ।
नेकपासँग जोडिएका जेनजी युवाप्रति धन्यवाद व्यक्त गर्दै उनले यो सहकार्यले ठूलो राजनीतिक सन्देश जाने विश्वास व्यक्त गरे।
प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते शनिवार





