दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ परेका छन् । उनी अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् ।

प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, प्रसाईं पक्राउ परेपछि खड्कासहितका अन्य केही युवाहरू परिसरमा पुगेका थिए । सो क्रममा उनका सुरक्षा गार्ड खड्कालाई नियन्त्रणमा लिइएको एसपी भट्टराईले जानकारी दिए ।

खड्कालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको छ । मंगलबार प्रहरीले नियन्त्रणमा लिएका खड्कालाई बुधबार प्रशासनबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रसाईं पनि परिसरकै हिरासतमा छन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर ४ गते बुधवार