काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले सहरी विकास सचिव गोपाल सिग्देलसहित चोभार गल्छी क्षेत्रको निरीक्षण गरेका छन्।
काठमाडौं उपत्यकाका सबै नदीहरू एकीकृत भएर यही गल्छीबाट निस्कने भएकाले सो क्षेत्रको अवलोकन गरिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ। मन्त्री घिसिङले धोबीखोला, मनोहरा, विष्णुमती र बागमती नदी कोरिडोरको पनि अवलोकन गरी वरपरका बस्तीहरूको अवस्थाबारे जानकारी लिएका छन्।
उनीहरूले नदी किनारका बस्तीहरूमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कताका साथ सुरक्षित रहन आग्रह गरेका छन्।
प्रकाशित मिति : २०८२ असोज १८ गते शनिवार





