काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ ।
सचिव देवन्द्र पौडेलका अनुसार बैठकमा हालैको जेन–जी विद्रोहपछि उत्पन्न राजनीतिक परिस्थिती, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघि सारेको मौजुदा केन्द्रीय समिति विघटन गरी आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव र त्यसको तयारीबारे गहन छलफल हुनेछ ।
साथै बैठकले भोलि (बिहीबार) बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा पनि टुंग्याउने बताइएको छ ।
यसअघि असोज ५ गते बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशनतर्फ जाने प्रस्ताव सार्वजनिक गरेका थिए ।
प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार





