काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सार्वजनिक भएका छन् । उनले बिहान पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाको अवलोकन गरेका हुन् ।
आन्दोलन हिंसात्मक रूप लिन थालेपछि प्रचण्डसहितका शीर्ष नेताहरूलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिई राखेको थियो । सो क्रममा माओवादी केन्द्रीय कार्यालयमा आगजनीसमेत भएको थियो ।
हिजो मात्रै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि पेरिसडाँडा कार्यालय अवलोकन गरेका थिए । अहिले माओवादी कार्यकर्ताहरूले जलेका भागसहित सम्पूर्ण कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरिरहेका छन् ।
प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार





