जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । जेनजीहरूको प्रदर्शनका कारण काठमाडौंपछि ललितपुर प्रशासनले पनि निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले सोमबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा कायम रहने जनाएको छ । पुल्चोकस्थित यूएन हाउस र न्यायाधीस निवासको दुई सय मिटर क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ ।
जसअनुसार पूर्वतर्फ इनाररोड जाने मूलबाटो, पश्चिमतर्फ राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकारी आयोग, राष्ट्रिय सहकारी विकास बोर्डको चौहद्दीभित्र अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा कायम रहने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार





