पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियानअन्तर्गत हाल लमजुङमा छन्।
शनिबार बिहान उनले भोर्लेटार क्षेत्रमा पार्टीका केन्द्रीय टोली र स्थानीय नेतासहित मर्निङ वाक गरेका छन्। सो क्रममा प्रचण्डले सहिद परिवारसँग भेटघाट गर्दै उनीहरूको अवस्था बुझ्ने कामसमेत गरेका छन्।


प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार





