कास्कीको गगनगौँडामा भेटिए सिन्धुलीबाट हराएका १६ जना



काठमाडौं । सिन्धुलीबाट हराएका हायु परिवारका १६ जना कास्कीको गगनगौँडामा भेटिएका छन् । सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ बागेश्वरका हायु परिवार कास्कीको पोखरा महानगरपालिका स्थित गगन गौँडामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरु गगन गौँडामा रहेको जानकारी आएको छ। शनिबार राति पोखराकै होटल जननीमा बसेका उनीहरु आइतबार बिहानै होटलबाट हिँडेका थिए।

पोखरा महानगरपालिका वडा नं ३० का चन्द्र भण्डारीको घरमा चारजना र सोमनाथ पौडेलको घरमा बाँकी १२ जना बास बसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ साउन १३ गते सोमवार