राजीनामा दिएको भनिएका मन्त्रीहरूलाई बहादुरले गरे ‘बर्खास्त’



काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चार जना मन्त्रीहरुलाई पदबाट बर्खास्त गरेका छन् । शुक्रबार साँझ मुख्यमन्त्री लामाले राजीनामा दिएको भनिएका चार जना मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री लामाले संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई पदबाट बर्खास्त गरेका हुन् ।

प्रकाशित मिति : २०८२ साउन ११ गते शनिवार