
काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाले कम्पनीको चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीका अध्यक्ष डा.एक नारायण चापागाईंको सभापतित्वमा शनिबार सम्पन्न सभाले शेयरधनिहरुलाई सय प्रतिशत हकप्रद शेयर प्रदान गरेको हो।
साधारणसभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८०÷८१ को वार्षिक र वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि यही असार ९ गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गरेको थियो ।त्यस्तै , कम्पनीले यस वर्ष कुनै लाभांश प्रदान गरेको छैन।
सयपत्री हाइड्रोपावर कम्पनीले बागलुङ जिल्लामा २.५ मेगावाटको दरम खोला(ए जलविद्युत आयोजना सम्पन्न गरि मिति २०७३÷३’१२ बाट व्यवसायीक उत्पादन गर्दै आएको छ। समीक्षा आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ७३ लाख बढी आम्दानी गरेको जनाएको छ।