शिक्षा समिति बैठकमा लफडा, उठेर हिँडे घिमिरे



काठमाडौँ । आइतबार संसद्को शिक्षा समिति बैठकमा लफडा भएको छ । समिति बैठकमा शिक्षामन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले थप समय माग गरेपछि समिति सदस्यहरूले आफ्नो धारणा राख्ने क्रममा लफडा भएको हो । माओवादी सांसद रेखा शर्माले कुनै पार्टीको ह्विप मान्न समिति तयार नरहेको बताइन् ।

उनले अहिलेसम्म सहज रूपमा समिति अघि बढिरहेको अवस्थामा आज आएर समितिमा दलको ह्विप लाग्ने काम भइरहेको बताइन् । ‘उपसमितिले यसअघिको बैठकमा उपसमितिको प्रतिवेदन लक गरिएको भनेको थियो । आज आएर फेरि थप समय माग गरिएको छ। हामीलाई कुनै दलको ह्विप लगाउने काम नहोस्। हामी कसैको ह्विप मान्न तयार छैनौ,’शर्माले भनिन् ।

त्यही बेला समिति सदस्य तथा कांग्रेस प्रमुख सचेतक घिमिरे आक्रोशित भए । समिति सभापति अम्मरबहादुर थापाले घिमिरेलाई बस्न अनुरोध गरेपनि घिमिरे भने उठेर हिँडेका हुन् ।

प्रकाशित मिति : २०८२ असार २२ गते आइतवार