सावित्राको ह्याट्रिकसँगै उज्बेकिस्तानसँग नेपालको बराबरी



काठमाडौँ । सावित्रा भण्डारीले उज्वेकिस्तानविरूद्ध ह्याट्रिक गरेकी छन् । उनको ह्याट्रिकसँगै नेपालले ३-३ को बराबरी गरेको छ । पहिलो हाफमा ३-१ ले पछि परेको स्थिति उल्टाउँदै नेपाल खेलमा फर्किएको हो ।

एसियन कप खेल्नका लागि यो खेल जित्नै पर्ने दबाबमा छ नेपाल । निर्धारित समयमा ३-३ गोल भएपछि ७ मिनेटको समय थप गरिएको थियो । अतिरित्त समयमा समेत दुबै पक्षले गोल गर्न सकेनन् । अब टाइब्रेकरबाट विजेताको टुंगो लाग्नेछ ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिवार