
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि १ अर्ब ८१ करोड ८८ लाख २० हजार ६ सय २९ रुपैयाँ ४२ पैसाको बजेट प्रस्तुत गरेको छ । सोमबार इमाडोलमा आयोजित नगरसभाको १८ ओैं अधिवेशनमा उपप्रमुख लक्ष्मी महर्जनले बजेट प्रस्तुत गरिन्।
प्रस्तुत बजेटमा स्रोतको ब्यवस्थापनतर्फ नेपाल सरकारबाट वित्तीय हस्तान्तरण हुने १७ करोड ८८ लाख वित्तीय समानिकरण अनुदान, ३० करोड ७ लाख सशर्तरपूँजीगत अनुदान, ५० लाख समपुरकरपूँजीगत अनुदान, ६९ लाख बिशेषरपूँजीगत अनुदान प्राप्त हुने प्रक्षेपण गरिएको छ।
त्यस्तै बागमती प्रदेशबाट १ करोड ८० लाख बित्तीय समानिकरण, २ करोड ६७ लाख ८७ हजार सशर्त, १ करोड २० लाख समपुरक र ६५ लाख बिशेष अनुदान प्राप्त हुने प्रक्षेपण गरिएको छ।
बार्षिक बजेटमा नगरपालिकाले आन्तरिक आय तर्फ १९ करोड र राजश्व बाँडफाँडबाट ३९ करोड ४० लाख ९१ हजार ६ सय २९ रुपैयाँ ४२ पैसा प्राप्त हुने र नगरपालिकाको मौज्दातबाट ६८ करोड बजेट व्यवस्थापन गर्नेगरी बजेट प्रस्तुत गरिएको छ।