कोरियन विशेष भाषा परीक्षा (सीबीटी)मा ४ सय बढी उत्तीर्ण



काठमाडौं । कोरियन विशेष भाषा परीक्षामा ४ सय बढी उत्तीर्ण भएका छन्। नेपालस्थित ईपीएस कोरिया शाखाले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार ४ सय ३३ जना उत्तीर्ण भएका हुन्।

परीक्षा यही जेठ १९ गते भैसेपाटीमा रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन भएको थियो। परीक्षामा ७९९ जना सहभागी भएका थियो। ३३ वटा प्रश्नभन्दा माथि मिलाउने परीक्षार्थी उत्तीर्ण भएका छन्।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शुक्रवार