खतिवडाको घरमा स्याउ र केरा खाएर भागे दुर्गा प्रसाईँ



काठमाडौं । शुक्रबार राजा फर्काउने आन्दोलनको नाममा भएको आगजनी, लुटपाट र अराजकताको घटनाका प्रमुख नाइके मानिएका दुर्गा प्रसाईँलाई अहिले प्रहरीले खोजी गरिरहेको छ ।

तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई हिजोदेखि भूमिगत भएका छन् । उनी राजा फर्काउने आन्दोलनका जनकमाण्डर बनाइएका थिए ।

उनले विवादास्पद धर्मगुरु पुस्कर खतिवडाको ललितपुर इमाडोलस्थित घरमा रात बिताएको पाइएको छ । खतिवडालाई भने पक्राउ परिसकेका छन् ।

अब पुलिसले नछाड्ने भयो भन्दै प्रसाईँ खतिवडाको घरबाट स्याउ र केरा खाएर मोबाइल स्वीच अफ गरेर निस्किए । प्रहरीले गरेको लोकेसन ट्रयाकमा पछिल्लो पटक उनी इमाडोल क्षेत्रमा देखिएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार