अराजकता मच्चाएर राजावादी ग्याङ्गका नाइके दुर्गा प्रसाईं फरार, खोज्दै प्रहरी



तिनकुने क्षेत्रमा अराजकता मच्चाएर राजावादी ग्याङ्गका नाइके दुर्गा प्रसाईं फरार भएका छन् । प्रहरी किच्न जबरजस्ती अश्लिल शब्द बोल्दै गाडी कुदाएको दृश्य यतिबेला चर्चामा छ ।

प्रसाईंको उक्त हर्कतपछि आन्दोलन भड्किएको थियो । भागेर कहीँ नजानेभन्दै सामाजिक संजालमा गर्जिने प्रसाईं यतिबेला भने फोन अफ गरेर फरार छन् । जिउँदै पत्रकार जलाएको अराजक राजावादीको नाइके प्रसाईंको खोजी कार्य जारी छ । जनताको घर लुट्ने र आगो लगाउने हर्कत पछि जनता आक्रोशित छन् ।

उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौँ र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी तीव्र बनाएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार प्रसाईँ चक्रपथ हुँदै ललितपुर तर्फ लागेको थाहा भएको छ । ती अधिकृत भन्छन्, ‘ललितपुरमा लुकेको आशंका छ, हामी खोजिरहेका छौँ ।’

प्रसाईँलाई नियन्त्रणमा लिएर फौजदारी मुद्दामा कारबाही गर्ने सरकारको तयारी छ ।

प्रदर्शनमा नेतृत्वदायी भूमिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ लाई प्रहरीले गए राति पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार