यस्ता छन् सरकारले कुलमान माथि लगाएका १० आरोप



काठमाडौ । अनधिकृत निर्णय, गुटबन्दी र निर्देशन अवज्ञा गरेका कारण कुलमान घिसिङलाई पदबाट हटाइएको सरकारले जनाएको छ । विभिन्न प्रशासनिक, कानूनी, नीति-नियम उल्लंघन र कार्यसम्पादनसम्बन्धी कारणहरू देखाउँदै सरकारले कुलमानलाई बर्खास्त गरेको जनाएको छ ।

कुलमानलाई किन हटाइयो ? यस्ता छन् ऊर्जा मन्त्रालयले दिएका १० कारण

१. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन समयमै नबुझाउनु

२. नेपाल–भारत ऊर्जा आदानप्रदान सम्झौतामा अधिकारविहीन हस्ताक्षर

३. नेपाल सरकारको निर्देशन अवज्ञा गर्दै विद्युत खरिद सम्झौता

. ऊर्जा मन्त्री र सचिवको अनुपस्थितिमा अनधिकृत निर्णय

५. डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन ग्राहकहरूको बक्यौता रकम असुल नगर्नु

६. अनधिकृत रूपमा विदेश भ्रमण तथा बिदा लिने प्रवृत्ति

७. सञ्चालक समितिका निर्णयहरूको कार्यान्वयन नगर्नु

९. विद्युत प्राधिकरणभित्र गुटबन्दी सिर्जना गर्नु

१०. संघीय संसद र नेपाल सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनु

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार