कुलमानका समर्थकहरु सडकमा [तस्विरहरु]



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति उनका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि आज (मंगलबार) विरोध प्रदर्शन गरेका हुन् । सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्रै ४ महिना कार्यकाल बाँकी हुँदा कुलमान घिसिङलाई हटाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार