‘कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउन हुँदैनथ्यो’



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णय चौतर्फी आलोचित भइरहेको छ । राजनीतिक दलका नेतादेखि कलाकारसम्मले सरकारको यस निर्णयको विरोध गरिरहेका छन् ।

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले पनि यस विषयमा सरकारको आलोचना गरेका छन् । उज्यालोको नायक मानिएका घिसिङलाई हटाएर सरकारले ठिक नगरेको उनको भनाइ छ । उनले भनेका छन्– ‘कुलमान नेपाली कुलकै उज्यालो हुन ।अन्धकार बनाउन हुँदैन थियो ।’

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार