‘कुलमान बर्खास्त गर्ने सरकारको निर्णय महँगो पर्नेछ’



नेकपा (माओवादी केन्द्र) का नेताहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय महँगो पर्ने बताएका छन्।

‘विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने वर्तमान सरकारको निर्णय निकै महँगो पर्नेछ,’ माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले फेसबूकमा लेखेका छन्।

सरकारले सोमबार (आज) साँझ घिसिङलाई पदबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। यसपछि माओवादी नेताहरू सरल सहयात्री, सुदन किराँती लगायतले सरकारलाई चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार