कहिले खुल्छ निमाविको विज्ञापन? यस्तो छ शिक्षक सेवा आयोगको तयारी



काठमाडौँ । शिक्षक सेवा आयोगले फागुन महिनामा खोल्नु पर्ने निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापन अहिलेसम्म खुलाएको छैन ।

आयोगको वार्षिक कार्यतालिका अनुसार फागुनमा खोल्नुपर्ने विज्ञापन केही दिनमा खुल्ने आयोगले बताएको छ ।

आयोगका सूचना अधिकारी (उपसचिव) गणेशप्रसाद पौडेलले अब २–४ दिनमा विज्ञापन खुल्ने जानकारी दिए।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार