
शिक्षक सेवा आयोगले यही चैत १६ गतेदेखि सञ्चालन हुने माध्यमिक तहको सामान्य परीक्षाको परीक्षार्थीको प्रवेश पत्र प्रिन्ट गर्न मिल्ने बनाएको छ । यसअभि परिक्षा केन्द्र सार्वजनिक गरेको आयोगले विज्ञानपन अनुसार आवेदन दिएका उम्मेदवारहरूको प्रवेश पत्र अनलाइनबाट डाउनलोड गर्न मिल्ने बताएको छ ।
सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पर्नुपर्ने भन्दै पुस २८ गते आवेदन माग गरेको थियो ।
प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार