
काठमाडौं । शिक्षक सेवा आयोग माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाका लागि आवेदन माग गरेको छ । आयोगको पुस २६ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरेको हो ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट पुस २८ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सकिने आयोगले जनाएको छ । उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरण भरी दरखास्त दिनुपर्नेछ । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np डाउनलोडरसूचनार विज्ञापनबाट प्राप्त गर्न र हेर्न सकिनेछ ।
प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार