दक्षिण कोरियाले सन् २०२५ मा ईपिएस मार्फत १ लाख ३० हजार श्रमिक भित्र्याउने



दक्षिण कोरियाले सन् २०२५ मा ईपिएस अन्तर्गत प्रवासी श्रमिकको कोटा निर्धारण गरेको छ । आज बसेको .प्रवासी श्रमिक नीति समितिको बैठकले रोजगार अनुमति प्रणाली मार्फत भित्र्याउने श्रमिकको कोटा निर्धारण गरेको हो । यससँगै सन् २०२५ मा रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १७ वटा देशबाट १ लाख ३० हजार श्रमिक कोरिया आउन पाउनेछन्।

प्रवासी श्रमिक नीति समितिको बैठकले २०२५को प्रवासी श्रमिकको कोटा १ लाख ३० हजार तोकेको हो । जस अनुसार उत्पादन क्षेत्रमा ७२,००० जना ,पानिजहाज बनाउने कम्पनिकोलागि २,५०० जना ,निर्माण क्षेत्रमा २,००० जना, कृषि क्षेत्रमा १०,००० जना ,मत्स्यपालनमा ८,५०० जना ,सेवा क्षेत्रमा ३,००० जना तोकिएको छ । कोटा सकिएमा आवश्यक जुनसुकै क्षेत्रकोलागि ३२,००० जना थप्ने निर्णय समेत बैठकले गरेको छ।

यो कोटा मध्ये ७,७३० जना कमिटेड आउने छन् भने बाँकी सबै नयाँ प्रवासी श्रमिक आउने छन। २०२४ को कोटाबाट अहिलेसम्म ७०,४६० जनाको मात्र रोजगार अनुमति जारि भएको छ । यो सख्या सम्पूर्ण कोटाको ४७ प्रतिशत हो।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार