कुलमानलाई प्राधिकरणकाे निर्देशकबाट हटाउने तयारी



नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिहीबारको मन्त्रिपरिषद्ले हटाउने तयारी गरेको छ।

कार्यकारी निर्देशकबाट घिसिङ हटाउन अनेकौ उपाय गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले ऊर्जा विज्ञ बनाएर उनलाई अन्यत्र सरुवा गर्न लागेका हुन्।

स्रोतले दिएको जानकारीअनुसार कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर कुनै निकायको विज्ञका रुपमा पदस्थापन गरिनेछ र त्यहाँ ओलीको चाहना अनुकूलका व्यक्तिलाई मन्त्रिपरिषदले नियुक्त गर्नेछ।

प्रकाशित मिति : २०८१ पुष ४ गते बिहिवार