
मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ परेका छन्। विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ परेका हुन्। आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।
भारतीय गुन्डा नाइके लरेन्स विश्वोईको नाममा भारतबाट नेपालका व्यवसायीलाई धमक्याउन लगाएको र रकम असुल गरेको अभियोगमा अनुसन्धान जारी रहेकोले उनलाई फेरि पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए।
प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार