गगनलाई देउवाको व्यङ्ग्य, `बढी बाेल्नेले आफूलाई सिध्याउँछ´



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गगन थापालाई लक्षित गर्दै बढी बोल्नेले आफूलाई सिध्याउने बताएका छन् । कांग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देउवाभन्दा अघि बोलेका महामन्त्री थापाले सभापति कम बोल्ने भएको कारण उहाँको पनि समय लिएर आफु लामो समय बोलेको बताएका थिए । त्यसको प्रतिउत्तरमा ठट्यौली शैलीमा देउवाले भने, ‘बढी बोल्नेले आफूलाई सिध्याउँछ, कम बोल्नेले अरूलाई सिध्याउँछ ।’

देउवाले यसो भन्दा हलमा हाँसो गुन्जिएको थियो । त्यसपछि देउवाले फेरि भने, ‘माफ गर्नु होला मैले ठट्टा मात्रै गरेको ।’

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार