
राष्ट्रपति यूं सुक येओलले मार्सल ‘ल’ घोषणाको कठोर कदम उठाएपछि दक्षिण कोरिया पुरै अशान्त बनेको छ । चौतर्फी विरोध तथा प्रदर्शनपछि राष्ट्रपति यूं आफ्नो कदमबाट पछि हटेपनि स्थिति सामान्य बन्न सकेको छैन ।
दक्षिण कोरियास्थित अमेरिकी दूतावासले राष्ट्रपतिको कदमले सिर्जित अशान्तिको चपेटाबाट बच्न भन्दै अधिकारीहरुलाई सचेत गराएको छ । उसले अवस्था अस्थिर तथा असहज बनिरहेका बेला ती क्षेत्रबाट बच्न भन्दै अलर्ट जारी गरेको हो ।
दूतावासले अलर्ट जारी गर्दै आफ्ना नागरिकलाई भौतिक रुपमा स्कुल जाने बच्चाहरुको उपस्थितिलाई समेत सिमित गर्न भनेको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार