कीर्तिपुर उपनिर्वाचनः कांग्रेसका कृष्णमान डंगोल विजयी, एमाले तेस्रो



राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले आफ्नो जित जोगाएको छ । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् ।

डंगोल ५३३४ मत ल्याएर विजयी हुँदा उनको निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका शिव शरण महर्जनले ४५५५ मत ल्याए । यहाँ नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४३३७ मत ल्याए ।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार