मुकुलको प्रतिवेदन : गगनलाई जिताईदिए वापत दुई सिट जिताइदिए [पूर्णपाठ]



राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले गत आमचुनावमा कांग्रेस महामन्त्री गगन थापाको सहयोगमा आफूहरूले प्रत्यक्षमा दुई सिट बढी जितेको दाबी गरेका छन् ।

रास्वपाका एक पदाधिकारीले शिलापत्रलाई उपलब्ध गराएको ३२ पृष्ठ लामाे समीक्षा प्रतिवेदनमा ढकालले आमचुनावमा पार्टीले गगनसँग रणनीतिक सहकार्य गरेको खुलासा पनि गरेका छन् । उनले त्यो बेला गगनसँगको सहकार्यले पार्टीलाई अहिले हानि गरिरहेको निचोड पनि सुनाएका छन् ।

‘मंसिरको चुनावका बेला गगन थापाका विरुद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीँ विराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौँ, त्यसले आज हामीलाई नै चोट पुर्‍याएको छ,’ उनले भनेका छन्, ‘हुन त गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा दुई सिट नाफा हुन पुग्यो । नतिजाले काठमाडौं ४ पनि हामीले जित्ने देखाएकाले, गगनसँगको सहकार्यले हामीलाई न तात्कालिक फाइदा दियो, न अहिले फाइदा भयो । गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्नपर्ने हुन्छ ।’

पढ्नुहोस् समीक्षा प्रतिवेदनको पूर्ण पाठ :

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रवार