दक्षिण कोरियामा संसदीय निर्वाचन सम्पन्न, जारी मतगणनामा विपक्षी दल अगाडि



दक्षिण कोरिया । दक्षिण कोरियामा संसदीय निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । देशैभर एक साथ सम्पन्न निर्वाचनमा बहालवाला राष्ट्रपतिको पिपुल्स पावर पार्टी र प्रमुख विपक्षी दल प्रजातान्त्रिक पार्टी (मिन्जुताङ्ग)बिच प्रतिस्पर्धा भएको हो ।

देशभरिबाट ३ सय सिटका लागि निर्वाचन भएको थियो ।

मतदान सकिए लगतै सुरु भएको मतगणनामा हालसम्म विपक्षी मिन्जुताङ्ग पार्टीले स्पष्ट बहुमत भन्दा बढी १६६ सिटमा जित हासिल गरिसकेको समाचारमा जनाइएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको पिपुल्स पावर पार्टीले ११६ स्थानमा जित हात पारेको जनाइएको छ ।

मत गणना अझै जारी रहेको र पूरा नतिजा रातभरिमा आइसक्ने जनाइएको छ । यस नतिजाले बहाल वाला राष्ट्रपति युन सक यलको अग्नि परीक्षा सुरु हुने ठानिएको छ । युन राष्ट्रपति मज्दुर र आप्रवासीहरूका लागि अनुदार मानिन्छन् । उनले आफ्नो दुई वर्षे कार्यकालमा मजदुरको पारिश्रमिक अपेक्षाकृत रूपमा बढाउने सदाशयता देखाउन सकेका छैनन् ।

मिन्जुताङ्ग नेपाल र नेपालीलाई असाध्य माया गर्ने पूर्व राष्ट्रपति मुन जे इन समर्थित पार्टी हो भने यस पार्टीबाट प्रत्याशित भावी राष्ट्रपतिका रूपमा नेता लि जे म्यङ्गलाई मानिन्छ ।

दक्षिण कोरियामा इपीएस भिसा र बाँकी अन्य विविध भिसामा गरेर करिब एक लाख नेपाली रहेका छन् ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार