शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो निमावि नेपाली विषयको नतिजा



काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह (निमावि) नेपाली शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत वैशाख ९ र भदौ ९ गते लिएको लिखित परीक्षा अन्तर्गत कोशी, मधेस र बागमती प्रदेशबाट सहभागी भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २० को उपनियम १ बमोजिम सफल उम्मेदवार अन्तरवार्ताका लागि छनोट भएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार