काठमाडौं । ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब पाँच किलोमिटर सडकको दायाँबायाँ साइडमा ३५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको छ । ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत बत्ती जडान गरिएको जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले बिहीबार ललितपुरको इमाडोलमा गरिएको कार्यक्रममा जडान गरिएका सडक बत्तीको संयुक्त रूपमा उद्घाटन गरे ।
प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार





