लगानीकर्ताको आन्दोलनका कारण आइतबार शेयर बजार ठप्प



काठमाडौं । लगानीकर्ताको आन्दोलनका कारण आइतबार शेयर बजार ठप्प भएको छ । आइतबार प्रीओपन सेसनमा नेप्सेमा कारोबार शुन्य भयो । टीएमएस नै बन्द गरिदिने धम्की दिएपछि सेयर ब्रोकरले आइतबार कारोबार सञ्चालन गर्न अस्वीकार गरेका हुन्।

सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्ने विधेयक, २०८० जारी भएपछि त्यसका केही व्यवस्थालाई लिएर पुँजीबजारका केही लगानीकर्ताहरु आन्दोलित छन्।

लगानीकर्ताको धम्कीका कारण ब्रोकरहरुले शान्ति सुरक्षाको कारण देखाउँदै कारोबार गर्न अस्वीकार गरेका छन्।

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार