नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले पशुपतिको जलहरी सुनको हो कि पित्तलको भनेर सरकारले जवाफ दिनुपर्ने बताएका छन्।
नेम्वाङले प्रधानमन्त्रीकै पार्टीका सांसदले गम्भीर आरोप लगाएकाले त्यसको निष्कर्ष नआएसम्म संसद नचल्ने चेतवानी दिएका छन्।
सरकारले चाहेमा तत्काल छानबिन गर्न सकिने भन्दै नेम्वाङले गलत आरोप सहेर नबस्ने बताए। नीति तथा कार्यक्रम र बजेटप्रति सरकारको चासो भएमा तुरून्तै छानबिन गर्न सकिने उनले बताए।
प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार