कांग्रेसबाट कुन मन्त्रालयमा को ?



काठमाडौँ । नेपाली कांग्रेसका मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ वटा मन्त्रालय र मन्त्रीको नाम टुंगो लागेको कांग्रेस स्रोतले रातोपाटीलाई बताएको हो ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको कांग्रेसले, अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय सम्हाल्ने छ ।

कांग्रेसले अर्थमा प्रवक्ता प्रकाशशण महत, सहरीमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बु र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने भएको छ ।

कांग्रेसको उच्च स्रोतका अनुसार उपसभापति खड्का र नेता रमेश रिजाल मध्ये परराष्ट्र र रक्षा मन्त्रालय कसले सम्हाल्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन । उपप्रधानसहित परराष्ट्र वा रक्षा मध्ये एउटा मन्त्रालय लिएर खड्का सरकारमा सहभागी हुने छन् । सत्ता गठबन्धनमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी, २, जसपाले २, मन्त्रालय पाउने सहमति भएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार