कांग्रेसलाई ८ र माओवादीलाई ५ मन्त्रालयको प्रस्ताव, अरूलाई कति?



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयको संख्या भागबण्डाको प्रस्ताव गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई ८ र आफ्नो दल नेकपा माओवादी केन्द्रलाई ५ मन्त्रालयको प्रस्ताव गरेका हुन्।

उनले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई ३ मन्त्रालयको प्रस्ताव गरेका छन्। यद्यपि रास्वपा आजको बैठकमा सहभागी थिएन।त्यस्तै, प्रचण्डले नेकपा एकीकृत समाजवादी (एस) लाई २ मन्त्रालयको प्रस्ताव गरेका छन् भने जनता समाजवादी पार्टी (जसपा)लाई समेत २ मन्त्रालय दिने प्रचण्डको प्रस्ताव छ।

जनमत पार्टीलाई १, नागरिक उन्मक्ति पार्टीलाई १, लोसपलाई १ र स्वतन्त्रका तर्फबाट १ जनालाई मन्त्री बनाउन प्रचण्डले प्रस्ताव गरेका छन्।

प्रकाशित मिति : २०७९ चैत्र १४ गते मङ्गलवार