
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि चैतकाे पहिलो साता विज्ञापन गर्ने जनाएको छ ।
विविध प्राविधिक कठिनाइका कारण खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन वार्षिक कार्यतालिका भन्दा केही दिनपछि हुने आयोगले जनाएको हो ।
आयोगले जारी गरेको बार्षिक कार्यतालिकामा फागुनमा प्राविको विज्ञापन गर्ने भनेर सुचना उल्लेख गरिए पनि प्राविधिक कठिनाइका कारण प्राविको विज्ञापन चैत्र पहिलो साता मात्र गरिने आयोगले जानकारी दिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिफारिस गर्न बाँकी रहेको हुनाले निर्धारित समयभन्दा एक साता पछि मात्र विज्ञापन गर्न लागिएको आयोगले जानकारी दिएको हो ।
प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार