काठमाडौं । उपराष्ट्रपति पदका लागि उमेदवारी दिएका चारजनाकै उम्मेदवारी कायम भएको छ । उमेदवारी फिर्ताको समयमा कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि चारैजनाको उम्मेदवारी कायम रहेको हो ।
उपराष्ट्रपतिमा जसपाबाट नेतृ प्रमिला यादव र नेता राम सहायप्रसाद यादवको उम्मेदवारी परेको छ । यस्तै, नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् भने जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् ।
राष्ट्रपति चुनावमा एकमत देखिएको आठदलीय गठबन्धन उपराष्ट्रपति चुनावमा भने एक भएन । निर्वाचन आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिले गठबन्धन सशंकित देखिएको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार





