गोरखाबाट फर्केलगत्तै ओलीनिवास बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गोरखामा ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन गरेर फर्केलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास पुगेका छन् ।

गोरखाबाट फर्किएलगत्तै प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीलाई भेट्न उनकै निजी निवास बालकोट पुगेका हुन् ।

गोरखाबाट काठमाडौं आइपुगेलगत्तै अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेको प्रधानमन्त्रीकी कान्छी छोरी एवं स्वकिय सचिव गंगा दाहालले फेसबुकमार्फत तस्वीर राखेर जानकारी दिएकी हुन् । प्रधानमन्त्री प्रचण्डसँगै उनी पनि बालकोट पुगेको तस्वीरमा देखिन्छ ।

मंगलबार संसद्मा दुई तिहाईभन्दा बढीले विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्ड र ओलीबीच मन्त्रिपरिषदलाई पूर्णता

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार