सहमतिपछि प्रचण्ड र ओलीले खिचाए बार्दलीबाट फोटो



काठमाडौं । सरकारको नेतृत्व आलोपालो गर्ने सहमतिपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटको बार्दलीबाट सामूहिक फोटो खिचाएका छन् ।

पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपछि उनीहरूले सामूहिक तस्बिर खिचाएका हुन् । बार्दलीबाट हात हल्लाउँदै तस्बिर खिचाएर उनीहरू शीतलनिवासतर्फ लागेका छन् ।

०७४ को चुनावपछि बनेको ओली नेतृत्वको सरकार बिचमै ढलेको थियो । संसद् विघटनपछि सुरु भएको राजनीतिक खिचातानीले ओली सरकार ढलेको थियो । सरकार ढलेपछि बालकोट पुगेर ओलीले घरको बार्दलीबाट हात हल्लाउँदै खिचेको तस्बिर लामो समयसम्म सामाजिक सञ्जालमा बहसमा आएको थियो ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार