मंसिर ४ गते उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय



काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीकाे सुरक्षा समितिको बैठकले मंसिर ४ गते सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै ४ गते बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म उपत्यकाको सवारी आवागमन बन्द गर्ने निर्णय गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

एम्बुलेन्स, दमकल खानेपानीलगायत अत्यावश्यक सेवा भने फोकल पर्सन तोकेर सञ्चालन गर्न दिइनेछ । निर्वाचन आयोगले तोकेका बाहेक अन्य सवारी साधन सञ्चालन नहुने प्रजिअ उपाध्यायले बताए ।

त्यस्तै निर्वाचन अवधिभर मदिरा आरोपप्रसार र बिक्रीमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ३० गते बुधवार