ठमेलस्थित एलओडी नाइट क्लबमा केपी ओली



काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार राति ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) पुगेका छन् । उनी नयाँ र्याप गीत सार्वजनिक गर्न एलओडी पुगेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफूले एलओडी पुगेर नयाँ र्याप गीत सार्वजनिक गरेको जनाएका छन् ।

उनले युट्युवमा केही दिन अघि नै सार्वजनिक भएको गीतलाई सार्वजनिक गरेका हुन् । ओली शिर्षकको उक्त गीतमा ओलीलाई नागरिकता विधेयकमा अडान लिइएको, अतिक्रमित भूभाग नक्सामा राखेको, राष्ट्रवादी नेता भएको लगायतका विषय समेटिएको छ ।

उक्त गीतलाई नेकपा एमालेले आगामी निर्वाचन लक्षित बनाएको हाे ।

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार