प्रसुति गराउन सँगै थापाथली अस्पताल आएका श्रीमान छोरी जन्मिएपछि ३ तलामाथिबाटै हामफाले !



प्रसुति गराउन सँगै थापाथली अस्पताल आएका श्रीमान छोरी जन्मिएपछि ३ तलामाथिबाटै हामफाले !

काठमाडौंको थापाथलीस्थित प्रसूति गृहको ३ तलामाथिबाट एक पुरुष हामफालेका छन् । श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुगेका ३९ वर्षका पुरुष बिहीबार राति अस्पतालकै भवनबाट हाम फालेका हुन् ।

प्रहरीका अनुसार उनी कपन बस्दै आएका स्वयम तामाङ हुन् । उनी श्रीमतीलाई सुत्केरी गराउन राति अस्पताल गएको र छोरी जन्मिएपछि हामफालेको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ ।

हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार