उद्योगपति विनोद चौधरीले देश विकास नहुँदा हजारौं युवाले विदेशमा रोजगारी गर्न जानु परेको बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित ‘दिगो आर्थिक विकास’ राष्ट्रिय सम्मेलनमा चौधरीले दैनिक रोजगारीका लागि विदेशिने युवाले राजनीति गर्नेलाई प्रश्न सोधिरहेको बताए ।
देशमा नेता धेरै भए पनि साँच्चिकै विकास गर्ने नेता नहुँदा युवाले दुःख पाएको उनको भनाइ छ । असल राजनीतिज्ञ नहुँदा देश विकास हुन नसकेको भन्दै युवाका कुरा सुन्न आफू गठबन्धनको तर्फबाट आगामी चुनावमा प्रतिस्पर्धामा उत्रिएको बताए ।
आफूलाई धन सम्पत्ति कमाउनु पर्ने लोभ नभएकाले देशमा युवा शक्तिलाई रोजगारको बाटो खोल्न आफ्नो ध्यान केन्द्रित हुने बताए । अबको प्रमुख एजेण्डा आर्थिक विकास भएकाले त्यसतर्फ आफ्नो ध्यान जाने उनको भनाइ छ ।
प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार





