माल्टा रोजगार : धमाधम आउन थाले डिमाण्ड, तलब १ लाख माथी



माल्टा रोजगार : धमाधम आउन थाले डिमाण्ड, तलब १ लाख माथी

युरोपेली देश माल्टाबाट बैदेशिक रोजगारीमा नेपाली श्रमिकको लागि धमाधम माग आउन थालेका छन् । पछिल्लो एक हप्तामा दुई तीन वटा कम्पनीबाट माल्टाको लागी नेपाली कामदारको माग आएको हो । भने माल्टा रोजगार नेपाली कामदारको लागि बरदान सबित भएको छ ।

एक लाख माथी तलब, युरोपेली देश, राम्रो सेवा सुबिधा र श्रम कानुनको कारण नेपाली श्रमिकको अबको रोजगार गन्तब्यको रुपमा माल्टा पर्दै आएको छ ।
केही बर्ष अगाडी सम्म युरोपेली देशको सपना नेपालीको लागी साच्चिकै सपना जस्तै थिए । तर सरकारले पछिल्लो समय युरोपेली देश माल्टा लगायत अन्य देश संग कामदार पठाउने सम्झौता गरे संगै उल्लेख मात्रामा नेपाली युरोप पुगेका छन् ।

त्यसमा पनि माल्टा देश नेपालीको लागि विशेष रहेको छ । अधिकाश नेपाली युवाहरु युरोपको माल्टा जान चाहन्छन् यस्तोमा माल्टाबाट एक पछि अर्को मागहरु आइरहेको छ ।

त्यस्तै गत हप्ता मात्रै Malta मा 330 जना महिला पुरुषलाई बैदेशिक रोजगारको अर्को माग आएको छ । तलव RS 1,01,322 देखी RS 1,27,879 सम्म हुने छ भमे खान बस्न सबै फ्री रहेको थियो ।उक्त माग G.C.D. Worldwide Pvt . Ltd मेनपावर कम्पनीमा आएको थियो ।

हाल के कति माल्टाको माग आएको छ वा छैन सोको लागी वैदेशिक रोजगर बिभागमा सम्पर्क गर्नु होला ।

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार