ललितपुर । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य राजु आले मगरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ललितपुर क्षेत्र नम्बर १ प्रदेश सभा क तर्फबाट आलेले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्य पदका दाबेदार आलेले पार्टीले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएका हुन । माओवादी केन्द्रले केन्द्रिय सदस्य हरि दाहाल(ललित)लाई टिकट दिएपछि रुष्ट बनेका कार्यकर्ताले राजुलाई अगाडि बढ्न आग्रह गरेका थिए ।
प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार





